भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
अध्यात्म सन्देश ! / बद्रीप्रसाद बढू
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:05, 18 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
यो सृष्टिको भव्यतामा रमाई
म ढुक्क हुन्थें रमिता जमाई
म जानको निम्ति यहाँ झरेको
थाहा मलाई पहिले थिएन //१//
म रामको नाम जपी रमाऊँ
म रामको नै महिमा सुनाऊँ
म रामगाथा कहिल्यै नबिर्सूं
र अन्त्यमा राम जपी निदाऊँ //२//
म राम नाम नजपी कसरी बसेछु !
अमूल्य जीवन थियो महिमा भुलेछु !
रहेन यौवन कठै !! पहिल्यै गएछ
बुझ्दैछु सत्य, तर राम अनादि रै’छ !!//३//