Last modified on 19 मई 2020, at 13:50

एकदिन यस्तो दिन आउँछ रम्दै हाँस्छौ तिमी / मञ्जुल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:50, 19 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जुल |अनुवादक= |संग्रह=दुई हरफ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

 गाउँ
 
एकदिन यस्तो दिन आउँछ रम्दै हाँस्छौ तिमी
सगर्व भई सबले भन्छन् स्वर्गजस्तो जिमी
 
निराशाको गर्भबाटै आशा पलाउँछ
रुकेँ कि पो भन्ने पीरले गति बढाउँछ
ओरालो नै उकालोमा बद्लिनेछ एकदिन
स्वतन्त्रता गीत हुन्छ भविष्यमा हरदिन
 
मानिसको जङ्गल होइन समूह हो राम्रो
ज्ञानको बत्ती बल्छ अनि चल्छ प्राण हाम्रो
हिलोबाट कमल फुल्छ, धूलोबाट धर्ती
सत्यको यो सन्देश हो, होइन रूखो अर्ति