Last modified on 19 मई 2020, at 14:02

आज बिहान झिसमिसेमा कस्ले आई डाक्यो / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:02, 19 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आँसु

आज बिहान झिसमिसेमा कस्ले आई डाक्यो
बिरानीको सम्झना ल्याई सिरानीमै राख्यो
 
गहिरो कुरा मनमै रह्यो भन्नु थियो बाँकी
विपनीको आँखा रोयो सपनीले थाकी
विरहको यस्तो भाका कस्ले खोल्न लाग्यो
बिरानीको सम्झना ल्याई सिरानीमै राख्यो
 
लेक लाग्ने कुहिरो यतै आयो खोलाबाट
हुलाकी झैँ सेतो खाम झिक्यो झोलाबाट
विना अक्षर सबै खबर मनभरि ढाक्यो
बिरानीको सम्झना ल्याई सिरानीमै राख्यो ।