भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मलाई हेरी जून-तारा हाँस्छन् राति-राति / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:09, 19 मई 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=द...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


पहाड

मलाई हेरी जून-तारा हाँस्छन् राति-राति
अँगालेर निलो आकाश सर्छन् माथि-माथि
 
सुन्दर थिएँ हराभरा, मीठा थिए स्वप्न
घामसँगै आउँथे माली मनका फूल रोप्न
तुवाँलोमै अल्मलिन्छ घाम हिजोआज
ज्वालामुखी जस्तो खेल्छ मेरो मुटु माझ
 
कोल्टे फेर्न नसकेर दुख्छ बायाँ छाती
चट्टान भई बस्नुभन्दा पैह्रो खस्नु जाती
जम्दाजम्दै सुक्दैजान्छ आँसु दिनदिन
डर लाग्छ आफ्नै छायासँग किनकिन ।