भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ब्राह्मण वर्ग का विषयमा / उमानाथ शर्मा पोख्रेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:38, 27 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


भूदेव यो अति पवित्र लियेर नाम ।
हामी अहो ! किन भयौं यसरी विकास ।।
खाली प्रतिग्रह बटुल्न हतार गर्दै ।
फाली सक्यौ सकल जीवन दङ्ग पर्दै ।।१३२।।

हे बन्धुवर्ग र पुरोहित जी समस्त ! ।
के चाल हो ? भनकुरा मनको खुलस्त ? ।।
हे सत्पुराण पटु-पण्डितजी वयस्य ! ।
के ? शास्त्रको लिनु भयो गतिलो रहस्य ।।१३३।।

धावा अनेक गरि जे जति नै थुपारौं ।
चाहे प्रपञ्च व्यवहा सबै सपारौं ।।
सन्तोष मिल्दछ न ता न त जान्छ साथ ।
व्यर्थै यसै विषयमा किन फोर्नु माथ ।।१३४।।

गर्दै रहौं सकल काम पनि परे को ।
किन्तु प्रधान सम्झौं नतिजा भरे को ।।
यो स्थूल देह कन पर्दछ खान लाई ।
चाहिन्छ सामल उतापनि लान लाई ।।१३५।।

तृष्णा र लोभ छल यी सवलाई मारी ।
सन्तोष साथ व्यवहार गरौं विचारी ।
श्रद्धा लियेर शिवनाम भजौं रमाई।
हो यो दिगो सुखदिन् उभयत्र लाई ।।१३६।।

विश्वास मान भज आस्तिकता न छोड ।
यो मूर्खता अव न लेउ घमण्ड तोड ।।
पर्नेछ हस्स हुन नत्र परिन्छ फेला।
यो याद राख सखि हो ! न चुकाउ बेला ।।१३७।।

हे मित्र मोहमय यो निद वाट जागौं ।
बाधौं कछाड अब उन्नति तर्फ लागौं ।।
चैतन्य जन्मकन पाई बनेर अल्छी ।
आफैं बनाउँ किन नाशिनलाई वल्छी ।।१३८।।