Last modified on 27 मई 2020, at 13:09

दिनचर्या विषय ३७ – ५३ / उमानाथ शर्मा पोख्रेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:09, 27 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उमानाथ शर्मा पोख्रेल |अनुवादक= |स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यो संझिएर न लिन ममता कुनैमा ।
अभ्यास गर्नु मन देखि हटाउँनैमा ।।
सन्तोष लाई सुखसाधन मुख्य मानी ।
तृष्णा विशेष न लिनू परिणाम जानी ।।३७।।

जोडौ यता उति गरी धनमान कीर्ति ।
हाम्रै बनोस् पनि सबै तिर चल्ति फीर्ति ।।
के गर्नु साथ न हुने तर ती पदार्थ ।
संसारमा सुख हुँदैन कुनै यथार्थ ।।३८।।

सम्पत्ति पूर्णछ म सँग छ मान्य दर्जा ।
क्या बात धन्य म हो ! रति छैन हर्जा ।।
यो संझि मस्त रहँदा रहँदै न जानी ।
फुस्कन्छ शास यहि नित्य विचार नानी ! ।।३९।।

पैसा जमाउ भरफूर कमाउ नाम ।
मानुन् सबै जन प्रशस्त मिलोस् इनाम ।।
तिम्रै अधिन ति रहुन् दुनिञा तमाम ।
संसारमा गर भयङ्कर काज काम ।।४०।।

उफेउ मान धन बाट घमण्ड गर्दै ।।
थुप्रिरहू मन मनै फुलि दङ्ग पर्दै ।।
आखीर हस्स परछौ बुझिराख भाई ।
छोडेर जानु परला गरि हाई हाई ।।४१।।

पायिन्छ फुर्सद भने स्थिरभै रहेर
प्रज्ञा बढाई रहने शुभ शास्त्र हेर ।।
सत्सङ्गतर्फ पनि लाग परन्तु व्यर्थ ।
खेल् वाडमा फसिरहे परला अनर्थ ।।४२।।

यो जन्मका समय लाई अमूल्य जानौं ।
दुष्कर्म बाट वितनू विषपान मानौं ।।
टाढा रही व्यसन देखि पवित्र कर्म ।
गर्दै रहेर बटुलौं सुखहेतु धर्म ।।४३।।

खेलवाडले दिन बिताउन बानि पार्ने ।
कर्तव्य नै यहि भनीकन बात मार्ने ।।
कोही महाशयहरु कन पर्छ धक्का ।
यी बातले अलिअली रिस उठ्छ पक्का ।।४४।।

हे मित्र हो ! रिस पचाई वचाई सेखि ।
आफै प्रसन्न भई संझनु भित्रदेखि ।।
यो उच्च बुद्धिबलशोभिमनुष्यगात्र ।
कुन् वस्तु राखन निमित्तछ योग्य पात्र ।।४५।।

हो कल्पवृक्षसरि यो नरदेह हाम्रो ।
यो वृक्षबाट लिनु पर्दछ काम राम्रो ।।
विद्यादिसद्गुण फलाई कि शान्त होउ ।
यद्वा विकास, फलहीन गराई रोऊ ।।४६।।

खेलेर मात्र दिन काटन बेस ठान्छौं ।
एकै घडी पनि फरक् हुन दुःख मान्छौं ।।
धिक्कार भाग्य ! किन यो विपरीत-कर्म ! ।
यो कर्मबाट पछि निश्चय पर्छ मर्म ।।४६।।

यस्ता अमोल दिन लाई कुकर्म देखि ।
सित्तै विताउनु पनि लिनु फेरि सेखि ।।
कत्रो विचार अहहा ! कति बुद्धिमानी ।
क्यावात, सभ्यजनको कति श्रेष्ठ बानि ।।४८।।

हुन्छौ भलादमि जती जति दाजु भाई ।
बढ्छौ उती व्यसनमा पनि हाइहाई ! ।।
यैहो कि बुज्रुक हुँदा गरिने विधान ।
यैहो कि उच्च पुरुषार्थविषे निदान ।।४९।।

जुन्‌काम पैलिगर्दा जति मोज दिन्छ ।
त्यस्ले पछी उति भयङ्कर रुप लिन्छ ।।
यस्तो बिचित्रछ तमोगुणको स्वरुप ।
यो बाट बँच्न लिनु पर्दछ धैर्य खूप ।।५०।।

यो बात नित्य मनमा लिइ होस राखी ।
वेदान्त-सद्गुरु-वचोऽमृत लाई चाखी ।।
हे मित्र हो ! भज निरन्५र राम राम ।
श्रीराम नाम भजनू बुझ मुख्यकाम ।।५१।।

पूरा गरेर दिनका व्यवहार लाई ।
सन्ध्या भयेपछि तुरुन्त अलग्ग आई ।।
नित्य क्रिया तिर यथाशक चित्तधर्नू
फेरी पवित्र लघु भोजन पान गर्नू ।।५२।।

यो चित्त लाई परमार्थ तिरै बढाई ।
श्री शम्भुका चरणमा दृढ भक्तिलाई ।।
राम्रो विचार गरदा गरदै निदाऊ ।
यस्तै प्रकार सँग जीवनयो बिताऊ ।।५३।।