भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
विछोड / देवान किराती
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:26, 19 जून 2020 का अवतरण
तिमी यता आउँदै गरेको
र म उतै जाँदै गरेको
बीचबाटामा भेट हुनुपर्ने हो
तर कसरी
हामी फेरि कुनै बिन्दुमा ठोकिएनौँ ?
थाहै भएन हामी कुन बिन्दुमा क्रस भएछौँ
परऽऽऽऽऽ पुगेर फर्किहेर्दा
तिमी धारे हात लाउँदै थियौ
मैतिर फर्किएर ।
आज तिमीलाई सम्झँदा पनि
धैरै कुराको सम्झना गर्छु
भइरहेको जिन्दगी
छाडिराखेको जिन्दगी
आउँदै गरेको जिन्दगी
उफ् ! सास्ती हुन्छ ।
सम्झन्छु– हामी एक अर्कामा प्रेम गथ्र्यौँ, अगाध ।
तर कहाँ गल्ती गर्यौँ हामीले
यति असम्भव ? अनौठो !
तिमी फर्कँदै गरेको
र म जाँदै गरेको
त्यो एउटै बाटोमा
हामी फेरि कुन बिन्दुमा क्रस भएछौँ ?
हामी फेरि कुनै बिन्दुमा ठोकिएनौँ ।