भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
समानान्तर / देवान किराती
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:29, 19 जून 2020 का अवतरण
निरन्तर–निरन्तर
युद्ध चलिरह्यो आँखाहरूको
त्यो युद्धको के थियो अर्थ
प्रेम ?
अहम् ?
स्वार्थ ?
भावुकता ?
या अन्य....?
तर मैले त्यो आँखामा आगो देखेँ
र त्यो आगोमा जलिरहेको थिएँ म,
म जल्नु के थियो
त्यहाँ ऊ आफैँ जलिरहेको थियो ।