भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा बेवारिस प्रश्न / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:36, 23 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बादलले धुम्मिएको छ आकाश
फाट्टफुट्ट परिरहेको छ पानी
ओढेर छाता म हिडिरहेको छु टोकियोको
एउटा सडकको किनारै किनार

हिड्दा हिड्दै मेरा खुट्टाहरू
अचानक अल्झिन्छन्
‘ओहायो गोजाइमास्को आवाजको डोरीमा
रङ्गीन छाता ओढेर
छेउमै उभिएको छ एक बृद्ध मुस्कान !

धेरै वर्ष अघि म जवान छँदा पुगेकी थिएँ
नेपालको सुदूर गाउँमा
र साथी बनाएकी थिएँ स–साना केटाकेटी
र वृद्ध गाउँलेहरू
कहींँ पाइनँ जीवनमा त्यति धेरै माया !
र त वर्षेनी पठाउँछु केही रकम त्यो स्कुललाई भनेर

सम्झिन्छु र करुणाले रसाउँछ मुटु मेरो
कसरी हेर्छन् होला बुद्धका गम्भीर आँखाले
बारुदी सुरुङमाथि हिंडिरहेको निरीह समय
र एम्बुस फलेका भ¥याङहरू ?

हुरीको आक्रामक एक झोंका आउँछ
खोस्छ मेरो हातको छाता
र झार्छ वृद्ध मुस्कानको कोपिला
प्रश्नवाचक चिन्ह उभिरहन्छ त्यहीं बिजुलीको खम्बाझै

हामी लाग्छौँ आ–आफ्नो बाटो !