भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दशैँ सम्झे तिहार सम्झे / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:04, 23 जून 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


दशै सम्झे तिहार सम्झेँ सम्झे अरू चाडहरू
नाघ्नै गाह्रो भयो मलाई अग्लाअग्ला पहाडहरू !

रातिसम्म भए पनि आउँछ कि भन्दाभन्दै
भाज्ञोहोला खुसी त्यसै सधै औला गन्दागन्दै
लायौ होला सबैलाई खानेकुरो भागवण्डा
सानो रै’छ संसार यो आमा त्रि्रो मायाभन्दा !

गाउँभरि रङ्गीचङ्गी खेले होलान् देउसी भैलो
यसपालि त फेरूँ भन्थे चौबन्दीको धूलोमैलो
रोपी होली बहिनीले आँगनमा सयपत्री
बिर्स्या भनी रोई होली मैले सम्झे कतिकति