भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
भीड र मानिस / सुदीप पाख्रिन
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:19, 28 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रिन |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)
आजभोलि
मानिसहरुको भीडबाट
मानिस हराएको छ
भीड सल्याङबल्याङ
सल्बलिरहेका छन्
कुनै अर्थ बेगर
कुनै अस्तित्व बेगर
कुनै हुनु बेगर
भीड केवल भीड बाँचिरहेछ !
भीड मात्रै भीड साँचिरहेछ !!
आजभोलि
मानिसहरुको भीडबाट
मानिस हराएको छ
मानिस
आफूलाई खोज्दै
आफ्नो परिचय यताउता चहार्दै
भीडमा निसासिरहेछ
रपनि भीडमाथि भीड भइरहेछ
मानिस भीडमा अनुवाद भएर बाँचिरहेछ !
मानिस मानिसमै विवाद भएर बाँचिरहेछ !!
आजभोलि
मानिसहरुको भीडबाट
मानिस हराएको छ