Last modified on 28 जुलाई 2020, at 15:41

मूर्त अमूर्त मृत्यु २ / सुदीप पाख्रिन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:41, 28 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रिन |अनुवादक= |संग्रह=द...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आज
एकाबिहानै
मेरो सामु आई
ठिंग्रिङ्ग... उभ्भियो
मेरो आफ्नै
मृत्यु जस्तो अनुहार भएको— जिन्दगी

माँग्यो मलाई
आफ्नो जिन्दगी जस्तो अनुहार भएको— मृत्यु
किंकर्तब्यविमुढ

हेरिरहे....
मात्रै हेरिरहे...

भने
खैं
मलाई त थाहा भएन,
तिमीले भन्न खोजेको
तिमीले माँग्न खोजेको
किनकी
आजभोलि
सबै भन्ने गर्छन कि
मेरो आफ्नै अनुहार मेरो जस्तो छैन
आज
एकाबिहानै
मेरो सामु आई
ठिंग्रङ्गै... उभ्भियो
मेरो आफ्नै
मृत्यु जस्तो अनुहार भएको— जिन्दगी ।