भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - नवम सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:30, 29 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


(१)
चन्दाले एक दिन बयान गरे
कन्नौजकी राजकन्या ।
संयोगिता हो जसको नाम
सुन्दरी सुधन्या ।
 
(२)
बत्तीस लक्षणहरूले युक्त
लाखौंमा रोजा ती ।
भारतकी हुन सुहाउने तिनी
भजन पूजन शासनलाई
सिंहासन उँचा दी ।
ती महालक्ष्मीसमान राम्री
कमलको दिल जाती ।
सकल गुणकी मनोहर मूर्ति
चाँदनी जस्ती राज गर्न धर्ती
वीरका मणिलाई सुहाउने पिर्ती
अरूलाई पूजन ।
वीरकी कन्या, वीरकी कुलकी
धराकी फूल, स्वर्गकी मूलकी
कविका भ्रमरहरूका दिल
शोभाले गुञ्जन ।
 
(३)
पृथिवीराजले हाँसेर भने
"धेरै त नभन ।
कवि र धोबी एकै नै हुन्छन्
बढाउन गणना ।
मुसालाई तिमी बहर पाछौं
पातलाई दिव्य रहर पार्छौं
बुझेर सपना ।
यथार्थलाई हेरेर राम्रो
प्रशस्त ज्यादा गर्दछौँ हाम्रो
दोषका ढकना ।
काली र माटी मूर्ति नै देखें ।
ओ हो हो ! भन्ने कविता लेखें
त्यसैलाई ठूली सुषमा देखें
बाटुला कल्पना ।
स्त्रीजाति आफै नदेखी मैले
सच्चाको रूप यथार्थ पहिले
'सुन्दिनँ जल्पना ।
सके लौ तिम्रो देखाऊ शशी
हेरेर अनि लगाउँला कसी
नभन बगमफूस ।
कविका कुरा गफीका छुरा
गाँजाका सुर, मिथ्याका पुरा
सबै हुन् पाथी भूस ।”

(४)
जोडेर हात चन्दाले बिन्ती
राजालाई गर्दछन् ।
"हजारौं राजा देखेर मुहार ।
जलेर मर्दछन् ।
चाँदनी कोमल गाथकी कोमल
तुहिन धवल हृदय विमल
सुन्दर परिमल ।
नयन युगल मिर्गका असल
सत्यकी असल बैंशकी अचल
मोहन सकल, परीकी नकल
अमर तरु फल ।
ती सुकुमारी पानीदार हीरा
मधुर कुसुमहरूकी शिरा
दन्तमा दन्त अनारका चिरा
वैशकी बागमा ।
कोयली उनका गलामा बोल्थे
अङ्गमा फुल्दा बदली फुल्थे
मुहारमा शरद्चन्द्रमैं खुल्थे
सौन्दर्य बागमा ।
गानाकी चरा मधुरकी सुरा
वीणाका तारमा भावकी पूरा
बजाउने मधुर बोलेका कुरा
पल्लव अधरकी ।
वीरको हाँगा फुलेकी फूल
कन्नौज शहरकी ।"
 
(५)
सुनेर भन्छन् पृथिवीराज
"गजबको बयान ।
यस्तो ता मैले सुनेको थिन
तारिफको मुहान ।"
“नजर गरे पुगी पो हाल्छ”
चन्दाले भन्दछन् ।
सुवर्ण मुहार हीराकी जुहार
उषाके बिहान ।

(६)
"हिँडन जाऊँ
ती वीरले भन्छन् कन्नौज शहरमा ।
बदलेर भेष नकली केश
हेर्नको रहरमा ।"

(७)
यौटा भो साधु अर्को भो चेलो
जटाजूट सिँगारी ।
पछि र पछि नचिने जस्ता
अनेक चर हतियार लुकाई
जानको तयारी ।
ती चन्दा थिए गजबका कवि
मोहिनी रूपको ।
भजन गर्दै
प्रशंसा मर्दै
राजकन्या रूपको मोहनी छर्दै
ईश्वर-भजन गरेझैं गर्दै
कोमल पारे प्रखर दहन
बाटाका धूपको ।
 
(८)
झोपडीभित्र बिताउँथे रात
किसानहरूका ।
अतिथि उदार भारतका किसान
साधुको गर्ने हृदय-सम्मान
ज्ञानका तरुका ।
चन्दाले लिन्थे बोलने वीणा
भजन रचेर ।
तत्कालै गाई सुनाइदिन्थे
जालले सजेर ।
 
(९)
"दिव्यको मधुर मोहनी दिव्य
सधैंको बैंशमा ।
ईश्वरकी मोहनी गर्दछिन् राज
स्वर्गको ऐशमा ।
चन्द्रमा सारा झल्कन्छन् तिनी ।
तारामा चम्कन्छिन् ।
हृदय-भाव गलाको झर्ना
हरूमा छम्कन्छिन् ।
रातका दिल कमल आसन
लिएर गम्कन्छिन् ।
विश्वको मन्दिर सुन्दर पारी
तिनैले सजाइन् ।
संयोगमा छिन् ध्यानकी छवि
लावण्य रूपले रुलाउने कवि
तिनैले मेरा हृदय-तारमा
पूजाको सुन्दर प्रभाव सारमा
यी गाना बजाउँछिन् ।

(१०)
तिनलाई देखें कहिले मैले
पर्वतका चूलीमा ।
सन्ध्याको रूपमा ओर्लेकी राम्री
मुखमा घसी उज्यालो फाहा
सुनको धूलीमा ।
 
(११)
कहिले देखें बादलका किल्ला
बीचमा राजने ।
प्रेमका आँशु बादलले बन्ने
देवतागणले नीलोमा बुन्ने
सूतले बनी जन्मेकी छवि
चराका दिलमा रहने वीणा
मधुर बाजने ।
फूलका उरमा आँशुका दाना
प्रेमले साजने ।

(१२)
पर्दा छ तर तिनी छन् पर
सौन्दर्य नामको जादूको घर
वर र पर हर र हर
मुस्कानका मोती बर र बर
त्यसैको यात्रामा ।
हामी हुँ साधु खोज्ने है जादू
मधुर सुन्दरहरूका साधु
दिव्यका यात्रामा ।

(१३)
चन्दाले यस्तै गर्दथे गाना
बराबर गिराई मोतीका दाना
किसान नजरका ।
ईश्वरको हाँसो पाएको फूल-
हरूको कथा सुगन्ध मूल
सुनेर दिलले भक्तको सच्चा
रातका पहरमा ।
किसान शिशु वरि र परि
बस्दथे सुन्दै तिनलाई घेरी
सुन्नको रहरमा ।
यस्तो ली चाल ती दुई पुगे
कन्नौज शहरमा ।
 
(१४)
कन्नौज पुरी थरी र थरी
शोभाले विचित्र ।
जय र चन्द राजाको प्रताप
पाएर फुल्दो फैलिँदी दिइन्
उन्नति सुचित्र ।
अनेक झिलिमिलीका मालले
बजार सजेका ।
घोडा र हात्तीसम्मको बिक्री
गर्नलाई तुन्दिल महाजनहरू
ठाँटले डटेका ।
गाडामा लादी चाँदी र सुन
भण्डारबाट राजमहल भन
देखाउनलाई दिन र दिन
शहरमा ओसार्थे ।
अन्नको बजार छेलो र खेलो
मोतीझैँ दाना चाँवलमा हाँस्दा
सुनका बाला दानाले सुन्दर
धोका र डालाहरूमा ओसार्थे ।
देवता मूर्ति मानिसझै ठूला
कुँदेका राम्रा पित्तल र सुनमा
मिलेर घिसार्थे ।

(१५)
निकै नै छन् है जयचन्द राजा
ठाँटका तमासे ।
प्रदर्शन भरी
जात्रा र भडक
ईंटका सडक
उनैले निकासे ।
 
(१६)
जाँचेर लिए मठको पत्र
ढोकेले ढोकामा ।
बराबर पर्यो नत्र त गडबड
उल्लूका धोखामा ।