भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वन– रानी / गोपाल सिँह नेपाली / कुमार घिसिङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:45, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल सिंह नेपाली|गोपाल सिँह ने...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

(१)
जस्तो थियो त्यो नन्दन वन जब अघिका यस जगमा।
त्यस्तै थियो फेरि नन्दन वन कहाँ अघिका यस जगमा।।
त्यस्तै छ फेरि नन्दन वन कहाँ अब, अबका यस जगमा।
त्यस्तै होला नन्दन वन कहाँ, फेरि कहिलेका कुन जगमा।।

(२)
ती सुन्दर थिइ, ती अनुपम थिइ, तनकी छवि मायालु थिइ,
स्वयं शोभा थिइ तिनका शोभा, छटा मनोहर थिइ,
तिनका ती अभिराम सजावट जगतीमा अलग थिइ,
अमर – लोकका नन्दन वन – जस्तै एउटा – एउटा कान्ला थिइ,

(३)
त्यस विशाल विस्तृत काननमा रम्य अनेक वन थिए।
हरा – भरा तरुवरहरू त्यस काननका धन थिए।।
रची – रची घर नीड़, बसाई दुनियाँ खग आनन्द मगन थिए।
थिए निर्झर, थिए ती – सरिताहरू, फैल्थिए सरस सुमन थिए।।

(४)
यस काननका मध्य भागमा सुन्दर ‘पल्लववन ‘ थियो।
काननभरिमा यहीं नै एउटा पल्लवको उपवन थियो।।
थरी – थरीका पल्लव थिए, अति कोमल जसको तर थियो।
क्षण – क्षण उड़ी त्यसमा गएर टाँस्सिरहने मन थियो।।

(५)
चारैतिर घेरा थिए ती वन सरिताहरूका जसले।
हुन्थे मुखरित सारा वन जलका मृदु कलकलले।।
फुटेको छ अमृत – धारा मीठा पृथ्वीको तलले।
यस्तो सोची त्यहाँ आउँथे चरी तरुवर, दलले।।

(६)
ठाउँ – ठाउँ थिए झील सरोवर त्यसमा निर्मल जल थियो।
त्यहाँ नुहाउने, पानी पिउने वनको चरी – दल थियो।।
कान्ला – कान्लामा त्यस्तै जलको नलागेका न थियो।
तैपनि किन हो त्यसमा जल बग्नु चञ्चल थियो।।

(७)
यसै विपिनको एक वृक्षमा बस्दथिइ ‘वन – रानी’।
आफ्नो अनुपम सुन्दरताकी थिइ कोकिल अभिमानी।।
भर्खर – भर्खर मात्र खिलेको थियो तिनको जवानी।
“पल्लव – वन” की रानी थिइ उनी, त्यहीं खगहरूकी रानी।।

(८)
सबदेखि अग्लो घना वृक्षमा उसको सानु घर थियो।
जुन अति कोमल घरपातहरूले बनेको सुन्दर थियो।।
जुन पल्लव – छायाँमा तरुको हाँगामाथि निर्भर थियो।
भित्र ओछ्याउने गद्दी जस्तो चरीको नै प्वाँख थियो।।

(९)
यस्तै चंचु निर्मित गुँड़मा त्यो सुखले सुत्दथिइ।
मन लाग्दा केही गाउँदथिइ, मन दुख्दा रुँदी थिइ।।
कहिले हृदयमा मस्ती आउँथे, कहिले व्याथा छाउँदथिइ।
कहिले – कहिले ता गाउँदा – रुँदा सुध-बुध पनि हराउँदथिइ।।

(१०)
थिइ “वनरानी” श्याम – सलोनी कोकिल, काली – काली।
मीठा स्वरले गीत गाउने, यौवनकी मतवाली।।
उसलाई जान्दथिइ, परिचित जसरी वनको डाली – डाली।
ती “पल्लववन” की रानी थिइ, चम्किली प्वाँखवाली।।

(११)
आफ्नो अरू थिएन कोही, थिइ कोकिल एकाकी।
तर सबले गुण – गाथा गाउँदथे उसका सुन्दरताको।।
कतिका हृदय गदगद पार्दथे, उसको मुखको ज्योति।
सुर – बालासित नै तुलना हुने मूल्य उसको कति।।

(१२)
तरुण हृदयको दान माग्नलाई कति नै भिक्षुक आए।
प्राण – प्राणले योग मिलाउन कति नै इच्छुक आए।।
कतिले जीवनको निधि लिएर चरणमा झुक्न आए।
कोही चाँडो आए, कोही पथमा नै अड़ी – अड़ी आए।।

(१३)
किन्तु, यस निर्मम “वनरानी” ले सबलाई धपायो।
रोएर, मरेर सबै कुरो गरेर, न धन कसैले पायो।।
प्रेम भिखारीका झोलीलाई रोएर नै फर्कायो।
सारा सागरमा सानु घाट पनि नभर्न पायो।।

(१४)
यसै गरी मधुमास बित्दथे उसको एकाकी।
आउन नपाउँथे सुमनमा भँवराहरू लिनलाई सुरुचि सुधाकी।।
पिउन नपाउँथे कोही कसैले प्याला भरि सुराको।
यस ढंगले राख्दथिइ यौवनकी मदमाती झाँकी।।