Last modified on 1 अगस्त 2020, at 18:45

वनराजा / गोपाल सिँह नेपाली / कुमार घिसिङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:45, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल सिंह नेपाली|गोपाल सिँह ने...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

(१५)
सरिताका त्यस पार, कुसुम सुन्दर फूलहरूथे।
जहाँ पुगी सौन्दर्य विश्वको निज पथ झुलिरहेथ।।
डाला – डालामा कुसुम मनोहर हाँसी – हाँसी झुलिरहेथ।
आफ्नो नवयौवनका अघि जगलाई भुलाइरहेथ।।

(१६)

थरी – थरीका सुमन खिलिरहेथे, फुटिरहेथे कोपिलाहरू।
मगमगी रहिथी, सौरभ – सुरभित वनका गलीहरू।।
सुमन – कोपिलाहरूमा भँवराका हुन्थे चहलपहलहरू।
मानों त्यहाँ कसैले राखेका थिए मिश्रीका डालीहरू।।

(१७)
भँवराहरूका मृदु गुंजहरूले वन मुखरित हुन्छ।
चंचल निर्मल जलका स्रोत यताउति बहन्छ।।
जो पनि आउँछ, मोहित हुन्छ, सुधबुध आफ्नो भुलाउँछ।
कतै गाइरहिछ मंजुल मैना, कतै सुगा बोल्दछ।।

(१८)
ठाउँ – ठाउँ जलका फोहराहरू रत्न छरिरहेछ।
त्यसलाई ध्यानले आँखा लगाई चरी हेरिरहेछ।।
किन हो फेरि के विचार गरी मनमनै गमिरहेछ।
आफ्नो कोमल सुन्दर तनमा चुच्चो फेरिरहेछ।।

(१९)
यसै विपिनको एउटा वृक्षमा ‘वनराजा’ बस्दछे।
कुनै सुन्दरी कोकिलको उनले पर्वाह कहिले गर्दैनथे।।
आफ्नो मनको राजा थिए पिक, सुख – निधिमा बहन्थे।
कोही मलाई चाहिँदैन, गर्वसित भन्दछे।

(२०)
धपक्क बलेको उसको य़ौवन भर्खर – भर्खरको ताजा।
ती सुन्दर थिए, मस्ताना थिए, ती थिए वनका राजा।।
यति मीठो बजाउँदथे, तीजस्ता मीठा बाजा।
उसका सुमदुर पंचम स्वरको कसले गर्ने अन्दाजा।।

(२१)
गर्दथे उपभोग नीड़मा एकाकी जीवनको।
यस जगमा आनन्द लुट्दथे ती आफ्नोपनको।।
हीराका ती थिएनन् बनेका, न थिए जीव कंचनको।
नजाने किन आराध्य बनेथ्यो कोकिलका मनको।।

(२२)
नित्य उषादेखि लिएर, सन्ध्यासम्म राही आउँथे।
खान्थे फल, पिउँथे निर्झर जल, कपड़ा खोली नुहाउँथे।।
हेर्दा – हेर्दै शोभा सुन्दर वनको अघाउँदैनथे।
मधुर गीत ती ‘वनराजा’ को सुनिरहन्थे।।

(२३)
कति आउँथे जान्थे, कति ता रहन्थे वनमा।
केही पनि अन्तर पर्देनथियो उसको यस जीवनमा।।
ती मदमस्त थिए, आफ्नो मतवाला यौवनमा।
कोही कसरी पस्न सक्थे, उसको भित्री मनमा।।

(२४)
जहाँ उ, देखेकी थिइ उसले अघि बालकपनमा।
त्यहाँ दिनको घाम लाग्थ्यो, यौवन आँगनमा।।
जहाँ जूनसित खेल्दथे ती नील गगनमा।
त्यहाँ देख्दथे निज यौवन ताराहरूको यौवनमा।।

(२५)
यसै गरी हाँसिरहेको यौवनमा उसको अब द्रुतगति थियो।
यौवन नै बस, चिर सँगी थियो, यौवनको संगति थियो।।
न थिए केही लाभ उसलाई, न केही क्षति नै थियो।
जता बगोस् जीवनको धारा, न धन्दा उसलाई थियो।।