भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू ९ / रेमिका थापा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:36, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह=गाउँमा कविता...' के साथ नया पृष्ठ बनाया)
उपियाँ जा ! रुपियाँ आइज !
अनिकाल जा ! सहकाल आइज !
बाह्र महिनाको लुतो जा !!!
गाउँले निफन्न सक्छ
राम्रा कुराहरू राखेर
नराम्रा कुराहरू उडाइदिन सक्छ
कोदोको भूस
मकैको भूस
धानका खोस्टाहरू।
दुनियाँले के कन्याइ बसेको छ
यो बाह्रमासको लुतो
अहङ्कारको !
लोकाचारको !
अनास्थाको !
अविश्वासको !
लुतो निको नहुने रोग होइन क्या !