भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू १० / रेमिका थापा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:36, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह=गाउँमा कविता...' के साथ नया पृष्ठ बनाया)
कति सताउँछन गौँथलीहरू
मेरै घरभित्र
गुँडै सल्काइदिउँ ?
कति ताकत हुन्छ
गिट्ठा भ्यागुरमा ?
कति बज्छन् रित्ता भाँडाहरू
गाँउमा !
गाँउ पछौटे छ,
गाउँ जङ्गली छ,
गाउँमा अनिकाल छ,
हामी कहिले सोलोडोलो हुने ?
यस्तै यस्तै केके सोच्यो
जेठा मगरले
आफू मगर समाजको सभापति चुनिएपछि !