भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमा कविताहरू २३ / रेमिका थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:42, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह=गाउँमा कविता...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

गाउँ असीम हुन्छ
दुर सुदुर कुनै शरणार्थीको
आश्रय हुन्छ गाउँ

अनन्त समयदेखि कुनै दुर देशदेखि
बगेर आएको खोला
टाढा आकाशको कुनै एक्लो तारा
बाटो भूलेको अन्जान यात्री

लेक चढ्नेहरू बेसीँ झर्नेहरू
अनन्त सम्भावनाका आरोहीहरू
काकाकुलीको प्रचणड तिर्खा सबै
आँगनमा वास बस्न आइपुग्छ

गाउँको ढोका बन्द कहाँ हुन्छ !