भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमा कविताहरू २६ / रेमिका थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:43, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह=गाउँमा कविता...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कसले भन्न सक्छ देशमा
सुखको घाम डुबेपछि
अँध्यारोले जित्छ,
अफ्ठयारोले जित्छ,
दु:खले जित्छ !

गाउँमा जब मझेरीमा दियो बल्छ
मुट्ठी मुट्ठी उज्यालो
छरिन्छ, मसिना बालबच्चा उज्यालाहरू !

दु:ख्न्नु भनेको गाउँमा
समयको सङ्गत विसङ्गत प्रवाह मात्र हो,
दु:ख्न्नुले डढ्दैन गाउँ
बरू निखार ल्याँउछ
आलोक दिन्छ !