उदयलहरी श्लोक ३१ - ४० / ज्ञानदिल दास
सत रज तमको महाँ जुद्ध भयो॥
सतको अर्जिली तम गुन गयो॥
निसापी बिचारी निसाप् हेरिदेऊ॥
सतगुनी निर्धाको सरन् अब लेऊ॥३१॥
अहन बज्र्यो यो धनिको फिर्यो जगमाँहाँ॥
घुस्याहा बिचारी निसाप हे काँहाँ॥
रजोगुनी दोधारे दुई तिर लग्छ॥
सिधा निसाप् गरी भने पछि सरिभाग्छ॥३२॥
घुस्याहा बिचारी जगतमा फिर्छन॥
धनभन्न्या साधु जानि जानि गिर्छन्॥
धन जन भन्याको धन्दा बडो भारी।
जाहाज नचल्न्या भवजल पारी ॥३३॥
भवसागर नदिया गहिरी गम्भीर्॥
यकै फडको तरिजाउ जमुनाका तीर॥
गंगा र जमुना त्रिवेनी न्यारै॥
गुरू सेवा छोडी धन षोज्छ धेरै॥३४॥
धनीको धन छ गति न पती॥
घेरे तुल्याउँ भन्छ जत्तिको तती॥
धेरै कमाउँ भनी रात दिन धाउँछ॥
कर्ममा नभया को काँहाँ पाउँछ॥३५॥
धन जन भिन्दै गाउं व्याँसि गर्छ॥
लागछ रिंगटा भडषालामा पार्छ॥
काम र किसान धन्दा धेरै गर्छ॥
लाउन षान नपाई अकालैमा मर्छ ॥३६॥
नरमा क्यान हो दिन बिताउनु॥
साँचो र सत्य धर्म यैहो चिताउनु॥
धर्मका दृष्टिले धन जन पाउँछ॥
दिन बित्त्या पछि चैतन्य आउँछ॥३७॥
बाल अवस्थामा षेली गुमाउँछ॥
जमान भयापछि धेरै बाढा लाउँछ॥
जमान जोधाहामा विष रस षान्छ॥
वृद्ध भयापछि को निको मान्छ॥३८॥
यस्तो छ नरमा चैतन्ने राष॥
सुष्ष षोजन्या भया सतगुरू भाष॥
सतगुरू भन्याका सबैका साजे॥
सेवा गर्ण दिँदैन सधैँ गाजेमाजे॥३९||
इष्ट मित्र दाजु भाई कुल्कुटुम्न जती||
ई सब देष साउनको राती||
पुत्र परिवार इष्ट नाही मेरा॥
ईसब देष पापको घेरा ||४०||