Last modified on 5 अगस्त 2020, at 23:31

बाघको एक झिल्का / कुमार नेपाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:31, 5 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुमार नेपाल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बच्चा कराएको आवाजले
बिरालोको मुटु काम्दछ
हो, उसको मुखमा राल टम्मिन्छ
अनि देब्रे दाहिने बगेको लूदाँबाट
त्यो राल तल तपतप झर्न थाल्दछ
पोथीले जतिसुकै जतन गरे पनि
आफ्नो फलामे विश्वासले अगाडि सर्दछ,
कुल-धर्मलाई अटल राख्दछ;
छाउराको घाँटी नङ्ग्राले नचिरेसम्म
ऊ आफूलाई अधुरै ठान्दछ
डमरुको कलिलो स्वरले
उसको रगत उम्लिएर आउँछ
पन्जामा आगो भरिदै जान्छ
हत्या गर्न छट्पटाउन थाल्दछ,
उन्माद हुँदै
कोठा, चोटा, छाना सबै चहार्दछ,
उसको दृढता अझ गहिरिँदै जान्छ
दिनमा पनि रातको जस्तो मशाल बालेर
उसको आँखा कसैलाई खरानी पार्न तैयार हुन्छ,
विध्वंसको नशामा चूर
त्यो ङ्याँउ ड्याँउ स्वरले
मनुष्य जाईना
आमा ! आमा !! आमा !!!
भन्दै त्रासले कराउँदछन्,
सबै आफू मेटिने डर मान्दछन्
डमरुको कुरै भएन !
आमाको ममता
स्नेहका टुक्राहरूलाई ठाउँ सार्दै लुकाउँछे,
ढाडे हो,
मनुष्य संहारी बाघको एक बल्दो झिल्का हो-
बच्चा खान
मौका छोपी वजने पाइलो चाल्दै हिड्दछ,
संहार र सृष्टिकर्ता दुवै बनेको छ
विज्ञानको इशारा उसले बिर्सिएछ,
मानव,
मानिस्याइँको खोज गर्दैछ,
एक दिन उसले बच्चा अवश्य खान पाउनेछैन,
अहिले नशाले बाँचिरहेको छ,
त्यो विरालो ॥