Last modified on 6 अगस्त 2020, at 08:01

अझै त्यो आएन / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:01, 6 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह=समान...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कति दिनदेखिन् पर्खेँ,
अनुहारलाई आउँछ कि भन्दै यहाँ हिँड्दै
मसित बोल्छ कि भनेर नयाँ सूर्यको भाषा
किरण लिएर,
अरू आनन्दका युग पनि छुन सक्लान्,
अरू प्रसन्नताको जगत पनि,
मैले अनुहार पर्खेँ |

जहाँ खुम्चाइ नहोस्, पीडा नहोस् |
नासल्कियोस् राती आगो नहोस् –
त्यसका खोलामा पानी बगून्
त्यसका बगैँचामा गुन्केशरी फक्रिउन्,
अनुहार पर्खेँ |

अनुहार भनेर के पर्खिनँ,
म कुन भ्रममा परिनँ,
मलाई थाहा छ, मैले के गरिनँ,
के सन्तापको विष पिइनँ ?
के अपमानको भाला सहिनँ ?
के परिवेशको नङ्ग्राइ पाइनँ ?
अनुहार साँच्चै एउटा गीतजस्तो हुँदोरहेछ,
के मैले गीत लेखिनँ ?
अनुहार एउटा शिखर हुँदोरहेछ,
के मैले उकालो चढिनँ ?

ओहो !
अन्जुलिभरि उठाएको एक चौटा सूर्य पनि सेलाइसक्यो |
अझै किन त्यो आएन ?