भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

होमवर्क / एलेन गिन्सबर्ग / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:52, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=एलेन गिंसबर्ग |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मैले धुनेपखाल्ने काम गर्नु थियो भने
मेरो फोहर इरानलाई पखाल्ने थिएँ
मेरो अमेरिकालाई भिजाएर आइभरीको साबुन लगाउने थिएँ
अफ्रिकालाई घोटीघोटी टल्काउने थिएँ,
सबै चरा र हात्तीलाई फेरि जङ्गल फर्काउने थिएँ।
 
अमेजन नदीलाई सफा गर्ने थिएँ
तेल जमेर लिसो परेका क्यारिन र मेक्सिको खाडीलाई मस्काउने थिएँ।
उत्तरी ध्रुवको लेदो धोएर सफा गर्ने थिएँ,
अलास्कामा ओच्छिएका पाइप बढारेर मिल्काउने थिएँ।
 
चट्टाने मैदान र लस अलाकोसलाई खुर्किने थिएँ,
लभ क्यानलको चम्किलो सिजियमलाई
पखालेर निकाल्ने थिएँ।
पार्थेनोन र स्फिन्क्सलाई एसिड वर्षाले पखाल्ने थिएँ,
भूमध्यसागरबाट हिलो निकालेर त्यसलाई फेरि नीलो बनाउने थिएँ।
राइन नदीमाथिको आकाशमा अलिकति नीर हाल्ने थिएँ,
हिउँलाई हिउँकै रङमा फर्काउन बादलका टुक्रालाई ब्लिच गर्ने थिएँ
हडसन, टेम्स र नेक्करलाई सफा गर्ने थिएँ,
ईरी तलाऊको फोहर बगाउने थिएँ।
 
विशाल एशियालाई बल गरेर फ्याँक्ने थिएँ
अनि रगत र एजेन्ट ओरेन्जलाई सफा गर्ने थिएँ।
 
रुस र चीनको जालो झिक्ने थिएँ,
र मध्य अमेरिकी प्रहरीका नचाहिँदा फतरफतरलाई
निचोरेर सुकाउने थिएँ।