भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सिल्विया प्लाथ / परिचय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:37, 20 अगस्त 2020 का अवतरण ('====सिल्भिया प्लाथ - परिचय==== '''नेपाली भाषामा''' सिल्भिय...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सिल्भिया प्लाथ - परिचय

नेपाली भाषामा

सिल्भिया प्लाथको जन्म २७ अक्टोबर सन्‌ १९३२ मा संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको थियो।उनले सानै उमेरदेखि कविता लेख्न थालिन्‌।उनी एघार वर्षकी छँदादेखि विभिन्न क्षेत्रिय पत्रिकाहरूमा उनका कविताहरू प्रकाशित हुन थाले।उनको पहिलो राष्ट्रियस्तरको प्रकाशन १९५० मा क्रिश्चियन मोनिटरमा भएको थियो।

सिल्भियाले सन्‌ १९५० मा स्मिथ कलेजबाट म्याट्रिक गरिन्‌।गहिरो अवसाद र आत्महत्याका अनेकौँ कोशिसका बीचैबीच उनले सन्‌ १९५५ मा स्नातकको अध्ययन पूरा गरिन्‌।स्नातक पूरा गरेपछि फुलब्राइट स्कलरसिपमा पढ्नको लागि उनी इङ्लेन्डको केम्ब्रिज विश्वविद्यालय पुगिन्‌।

सिल्भियाको पहिलो कवितासङ्ग्रह 'कोलोसस'’(महामूर्ती) सन्‌ १९६० मा इङ्ल्यान्डमा र त्यसको दुई वर्षपछि अमेरिकामा प्रकाशित भयो।उनी फेरि इङ्ल्यान्ड फर्किन्‌ र सन्‌ १९६० र १९६२ मा दुई वटा सन्तानलाई जन्म दिइन्‌।सन्‌ १९६२ मा प्लाथले 'भिक्टोरिया लुकास' उपनामले 'द बेल जार' शीर्षकको आत्मकथात्मक पुस्तक प्रकाशित गराइन्।

सन्‌ १९५६ मा सिल्भियाको भेट अङ्ग्रेज कवि टेड ह्यूजसँग भयो, र सोही वर्ष उनीहरू आपसी विवाहबन्धनमा बाँधिए।टेडको अर्की महिला आसिया वेव्हिलसँग प्रेम सम्बन्ध चलिरहेको सिल्भियाले सन्‌ १९६२ मा थाह पाएपछि उनीहरू अलग्गिए, तर कानूनीरूपमा सम्बन्धविच्छेद भने गरेनन्‌।

प्लाथले ११ फेब्रुवरी सन्‌ १९६३ मा आफू बस्ने घरको तल्ला तलामा बस्नेलाई डाक्टर बोलाउने अनुरोध गरेर सानो चिरकटो पठाइन्‌ र आफूलाई ग्यास स्टोभमा झोसेर आत्महत्या गरिन्‌।

सिल्भिया प्लाथको जीवनकालमा 'कोलोसस'’मात्र प्रकाशित भएको भए पनि उनी एक महान कविका रूपमा चिनिइसकेकी थिइन्‌।उनको मृत्युपश्चात्‌ ह्यूजले उनका कविताका तीनवटा सङ्ग्रह प्रकाशित गराए, जसमध्ये 'द सेलेक्टेड पोयम्स' (प्रतिनिधि कविताहरू) ले सन्‌ १९८२ को पुलिट्जर पुरस्कार प्राप्त गर्‍यो।