भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म बाँच्दछु, मर्दछु, जल्दछु, डुब्दछु / डेलमिरा अगस्तिनी / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 00:18, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= डेलमिरा अगस्तिनी |अनुवादक=सुमन प...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

म बाँच्दछु, मर्दछु,
म जल्दछु, डुब्दछु।

एक्कासी चिसो र हिउँजस्तो हुन्छु म
अत्यन्त कोमल र ज्यादै कठोर हुन्छ जीवन एकैपल्ट।
आनन्दले भिजेका हुन्छन्‌ मैले भोगेका कष्टहरू
एक्कासी हाँस्छु म, र त्यति नै बेला रुन्छु पनि।
कयौँ दु:खहरू उब्जिरहन्छन्‌ हर्षमा
घट्दै जान्छ र जस्ताको तस्तै पनि रहिरहन्छ, मेरो खुसी
म एकैपल्ट खङ्ग्रङ्ग सुक्छु र लहलह हरियो भएर पलाउँछु।
 
यसरी प्रताडित हुन्छु प्रेमको अस्थिरताबाट म
र जब दुखाइ असह्य भएको सोच्दछु
सोची नसक्दै फेरि गइसकेको हुन्छ त्यो।
 
र जब म
महसुस गर्दछु आफ्ना खुसीहरू फक्रिएको
त्यस क्षणलाई सर्वाधिक आनन्दको अनुभूत गर्दछु
त्यतिखेरै फेरि
मेरो दु:ख सर्वत्र शुरू भइसकेको पाउँदछु ।