Last modified on 21 अगस्त 2020, at 00:18

बन्धन / डेलमिरा अगस्तिनी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 00:18, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= डेलमिरा अगस्तिनी |अनुवादक=सुमन प...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिनीहरूको जीवनको मीठास
सुकिलो वसन्तको न्यानो काखमा मुस्काइरहेका
दुई जोडी ओठहरूको मुस्कान थियो...
तिनीहरू यसरी प्रेममग्न रहन्थे
मानौँ, तिनका प्रेमील औँलाहरूमा मिसिएर
सपनाहरूको स्वर्गीय रूप झङ्कृत भइरहेछ।
 
सौम्य दिनको प्रदीप्त उज्यालाको महलमा
रुँदाको झैँ मुटु छुने लयमा बोल्दथे तिनीहरू
र आपसमा समाहित भएर चुम्बन गर्थे हृदयभित्रसम्म !
सुनफूलको तरेलीझैँ मुस्कुराउँथ्यो समय।
 
भाग्यले आफ्ना चिसा दुई हातले हस्तक्षेप गर्‍यो...
उफ्!शरीरहरू नासिए,
तर
कहिल्यै नफुस्कने गरी
सर्वाधिक बलिया बन्धन भएर बाँधिइरहे
जोडिएका आत्माहरू ...
 
जीवनको क्रोधले
आफ्नो अतिमानवीय बौलट्ठी गन्जागोलसँगको झगडामा
पैँचो लियो ती जोडी हातहरू,
र शक्तिहीन बनाइदियो हाम्रा बलिया औँलाहरूलाई ।

हे! विधाता...