Last modified on 21 अगस्त 2020, at 00:19

विष्फोट / डेलमिरा अगस्तिनी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 00:19, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= डेलमिरा अगस्तिनी |अनुवादक=सुमन प...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जीवन प्रेमैप्रेमले बनेको भए
कति भाग्यशाली हुनेथ्यो !
थप जीवन चाहिएको छ मलाई
प्रेमका निम्ति !
अनुभूत गर्दैछु म अहिले,
विचारहरूको हजार वर्ष पनि
भावनाको एक पल जति मूल्यवान हुन सक्दैन।
 
पीरमा डुबेर बिस्तारैबिस्तारै मर्दै थियो,
मेरो हृदय...
अहिले फक्रिँदैछ यो, जूनको फूलजसरी।
समुद्रझैँ दिग्भ्रमित भएर
दौडिरहेछ जीवन
प्रेमका हातहरूबाट बढारिएर।
 
घरिघरि बल्झिने पुरानो घाउजसरी
आफ्ना लुछिएका पखेटासँगै
निरास, चिसो राततिर उडेर गए
मेरा दु:खहरू।
 
बिलाए पर कतै अँध्यारामा ती...
मेरो सम्पूर्ण जीवन
गाउन थाल्यो, नाच्न थाल्यो, हाँस्न थाल्यो !
मेरो जीवनको हृदयभरि
वसन्त फक्रिन थाल्यो।