Last modified on 21 अगस्त 2020, at 11:38

साहस /अन्ना आख्मातोभा / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:38, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= आन्ना अख़्मातवा|अन्ना आख्मातोभ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हामीलाई थाह छ,
इतिहासको नापोमा कहाँनिर पर्छ यो समय भनेर
यसबेला दुनियाँमा के भइरहेछ, बुझ्दछौँ हामी।

साहसको समयले हाम्रो घडीको हात समात्नेछ
घुँडा टेक्ने छैन हाम्रो आँटले।

कोही डराउँदैनौँ गोलीमा थापिएर मर्न
कोही दुखित हुँदैनौँ घरबारविहीन हुनपरे पनि,..

र हामी तिमीलाई जोगाउनेछौँ, ए महान रूस,
ए महान रसियन संसार, जे परेको गर्नेछौँ हामी।
बतासका तरङ्गजस्तै सुकिलो र उन्मुक्त बनाएर,
स्वतन्त्र गराउने छौँ, हामी तिमीलाई।

दिनेछौँ हाम्रा सन्तानलाई तिम्रो स्वामित्व
सधैँका लागि मुक्त गरेर तिमीलाई
दासताबाट!