भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्यान्ट नलगाएको / सेपिदा जोदेरी / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:39, 22 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सेपिदा जोदेरी |अनुवादक=सुमन पोखर...' के साथ नया पृष्ठ बनाया)
छोटो, छोटो; पाखुरा जत्रो-
स्वागत गर्दैछ
पेन्ट नलगाएको तिम्रो गोडा
तिम्रो गोडाको गोजीमा खसेको छ तिम्रो हेराइ
स्पर्श !
तिम्रो गोडाको गोजीमा खसेको छ तिम्रो हेराइ ।
छोटो, छोटो; टाउको जत्रो-
तिम्रो नीलो गोडा, पेन्ट नलगाएको
मेरा आँखीभौँमा खसेको छ तिम्रो हेराइ
झिमिक्क !
मेरो रित्तोपनमा खसेको छ तिम्रो हेराइ ।
अग्लो, अग्लो; मुखको मन जत्रो
राता ओठ भएको तिम्रो गोडा, पेन्ट नलगाएको
तिम्रो मुखभित्र खसेको छ तिम्रो हेराइ ।
अग्लो, अग्लो...