भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
उहिल्यै कुनैबेला / चन्द्रशेखर पाटील / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:08, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्द्रशेखर पाटील |अनुवादक=सुमन प...' के साथ नया पृष्ठ बनाया)
उहिल्यै कुनैबेला, साथीहरू!
सीमा थिएन यो आकाशको
र कुनै सीमाना थिएन यो धर्तीमा ।
त्यसबेला जसले जे बोले पनि गीत हुन्थ्यो ।
तर कसैले सुन्दैन थियो।
कसैलाई उसका गोडाले जता लग्थ्यो
त्यही नै बाटो हुन्थ्यो ।
तर कसैले उसलाई पछ्याउँदैन थियो ।
तर यसबेला, जब ओठहरू सिइएका छन्
र बाँधिइएका छन् गोडाहरू,
उज्यालो पार्न सकिनेछ
आकाशमाथिको आकाशगङ्गालाई ।
(साङ्लीहरू चुँडाउन नसकिएला, तैपनि।)
मौनता भङ्ग गर्ने केवल एक प्रयास –
(धून बनाउन नसकिएला, तर पनि।)
एउटा कोरस गाउन थाल्नेछ
धरतीले ।