भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साहित्यिकप्रति / माधवप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:33, 31 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= माधवप्रसाद देवकोटा |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



ब्रह्माजीले खूद रचेकी उजडिन लाग्दा सब संसार
जड चेतनका अन्तस्तलमा मच्चिन लाग्दा हाहाकार
सान्त्वना दिनको लक्ष्य लिईकन स्वयं भईकन करुणागार
शान्त र सुमधुर रसमय उज्ज्वल रच्ने साहित्यिक संसार ।


विवश भईकन दुर्लभ मानव जीवन मणिकन पयाँक्न तयार
ती करुणाका पात्र बन्धुको बन्ने आफै पहरादार
जीवन-डुङ्गा ढल्पलिंदामा दुःखोदधिको बीचमहाँ
कर्णधार भइ वाङमय -बहना लिइ अघि सर्ने झट्ट उहाँ ।


लक्ष्य थियो कुन ? मार्ग थियो कुन ? यो सब तिमिराछन्न हुँदा
स्मृति अरुणोदय, परिचय किरणावली फिजार्ने मित्र जुदा
लेखक ! यस्ता विश्वबन्धु ह्वौ जगका जीवनका आधार
वैगुणगणले विश्व प्रिय छौ, पाएका छौ मान अपार ।


'विश्व-रचैया कुनियत गर्ला, काव्य-रचैया गर्दैन'
भन्ने ढुक्क छ चित्त जगत्को अनि विधिसँग पनि डर्दैन
सपनामा पनि निर्दय कपटी बन्न तिमी त सुहाउन्न
धोका पाउँछ बान्धव-जनले 'अय्या' भन्ने पाउन्न ।


तिम्रो सुमधुर वचन विरचन समाजको होस् जागति-गीत
मृगहरू विचरा जेलिनुपर्ने नबनोस् व्याधाको संगीत
'स्वार्थसिद्धिका निम्ति रचेको उर्णनाभिको यो जालो'
भन्ने कोही भाइ ननिस्कून्, तिम्रो यश नबनोस् कालो ।


लेख-जगत् विस्तीर्ण गराऊ काव्य-कलाले खुब सजी
होला भवमा भाव बिगारी नबन भयङ्कर लेखकजी !

भारती, २६६, मंसीर २००७