भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
केही दाना कविता (१) / तुल्सी थापा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:38, 16 सितम्बर 2020 का अवतरण
१. आदिम स्वरूप
बाँदरले मान्छे बन्न चाहेकै हैन
माफ गर डार्विन ! तिम्रा मान्छेभित्र
अझै बाँदर जिउँदै छन् ।
२. योग्यता
म यति योग्य अवश्य छु-
आफैले आफूलाई
अयोग्य घोषित गर्न सक्छु ।
३. प्रत्यागमन
जङ्गली पशुहरू सहर पस्दै छन्
कहाँ बस्लान् अब यी मान्छेहरू
धन्दा नमान- जङ्गल खाली हुँदै छ ।
४. दुर्भाग्य
थाहा छैन तिमी कहाँ लुक्ने गर्छौ
मेरो सपनासँग खेल्न भने
सधैँ कसरी अइपुग्छौ ?
५. अन्त्य
ऊ मलाई पछ्याइरहेकै हुन्छ
अचम्म ! छुट्दैन कहिल्यै
एउटै चितामा जल्छु भन्छ ।