भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

केही दाना कविता (६) / तुल्सी थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:43, 16 सितम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=तुल्सी थापा |अनुवादक= |संग्रह=एक न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

२६. सङ्केत
फेरि कति मान्छे मर्ने हुन् ?
तिम्रा सिद्धान्तका लागि
र त गिद्ध मडारिँदै छन् ।

२७. कायर
भो नलखेट अब उसलाई
भाग्दाभाग्दा अब उसले
भाग्नुको कारण बिर्सिसकेको छ ।

२८. जागरण
हामी भुसुक्क निदाएछौँ
गाउँदा गाउँदै देशको गीत
ब्युँझाउने कोही आओस्, कुर्दै छौँ ।

२९. अतिशय
जो मरे चिहानमै छन्
नखोतल्नोस् धेरै,
मरेका पनि ब्युँझिन सक्छन् ।

३० नयाँ वर्ष
क्यालेन्डर फेरियो
जहाँ यो झुन्डिएको छ
किला उही पुरानै छ ।