भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चिठी / बदरीनाथ भट्टराई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:58, 3 नवम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बदरीनाथ भट्टराई |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


चिठी<ref>वि. सं. १५५६-७३ को ताकमा भोटेले आक्रमण गर्न लाग्दा कान्तिपुरका राजा रत्न मल्लले 'सहायता पाऊँ, नत्र शत्रुको शरण पर्नुपर्छ' इत्यादि लेख्ता निजलाई पाल्पाका राजा मुकुन्द सेनले दिएको जवाफको आधारमा लेखिएको छ ।</ref>

श्री राजन्यवरेण्य मित्रवर ! ए वीरत्वका सागर !
पाएं पन बुझी कुरा मगजमा लाग्यो बडो चक्कर
मथ्दा तैपनि धैर्यसाथ त्यसको जो सार हो निस्कियो
लौ स्पष्टाक्षरमा निवेदन पनी ऐले गरीहाल्छु यो ॥
(१)

हामी क्षत्रिय हौं छ कार्य त सधैं गर्ने प्रजारक्षण
स्वार्थको वशमा बसी सकल त्यो कर्तव्य छाडीकन
बैरीको यदि पाउमा परिदिए आफै बनीः सेवक
के गर्ला दुनियाँ अवश्य उसको होला कहाँ यो सुखा ?
(२)

आफू गोल बनी स्वदेश पनि के हो वेश मैल्याउनु ?
पोल्ने शक्ति हुँदाहुँदै बरु भलो हो त्यो, खरानी हुनु ।
धूवाँएर नजीकका जनहरूलाई पिरोल्ने भए
देखाएर छटा मसक्क हुन् नै कल्याण हो मित्र ए !
(३)

रक्षाखातिर सर्पको शरणमा पर्ने कुनै । मानिस
देखेको छ र के सुरक्षित यहाँ लाग्दै बलागी विष ?
ज्यादै प्रेम गरेर खास उसले गर्दा पनी चुम्बन
हाम्रो यो अनमोल जीवन उडी जाने खरानी हुन ॥
(४)

हेर्दा वास्तव चिह्न नै विजयको त्यो आत्मविश्वास हो
त्यो होस् ता हुटिटयाउँले जलधिको सातो लिने नै थियो ।
मौका आउँछ पर्खदैन त्यसमा चुक्ने बडो मूर्ख हो
वैरीको प्रतिशोध गर्छ पछि है भन्ने महालण्ठ हों ॥
(५)

निर्धो मान्दछ सामदान दुइको प्राधार. लूते भई
लाछी गर्दछ भेदनीति मनमा कौटिल्यलाई लिई ।
लिन्छन् वीर त दण्डनीति त्यसले संसार नै झुक्तछ
दण्डैमा प्रभुशक्तिको भर हुँदा ऐढे त्यही ग्राह्य छ ॥
(६)

नित्यै निष्छल हुन्छ जो पुरुषको आवेग त्यो क्रोधको
त्यस्ता बारसमानको हृदयमा टेक्तेन खुत्रुक्क को ?
बैरीको गण ताउ लाउँछ जुँघा छाडेर खित्का पनि
भन्छन मित्रहरू हरे ! किन भयो यो श्यालशङ्कै भनी ॥
(७)

हामा छन् हतियार तीक्ष्ण मुखका विद्युत् सरी चम्किने
कम्ती देख्तिनँ सैन्य फेरि रणमा देखिन्छ राजी हुने ।
भेडा झैँ पछि छुट्तछन् छ तिनको जाबो घुर्येत्रो बल
केको हो अब भीति पानिमरुवा बन्ने यहाँ केवल ?
(८)

आफै पर्दछ धर्मपूर्वक लडे लड्डू दुवै हातमा
मर्दा स्वर्ग खुला छ जित्न त सके पौडिन्छ आनन्दमा
छोडी त्यो सुख के नपुंसक बनी लुक्ने कुनामा गई ?
नेहोरा पनि गर्छ सिंह कहिले के श्याल जस्तो भई ?
(९)

बेले, भारतवर्षको हुन गयो बेहाल यस्तोसंग
भोटेको खुद बौद्ध धर्म छ उही निष्कर्मताको जग
गुम्बाभित्र घुसी लुछेर मुडिई बन्ने विहारीगण
त्यस्ता बीर्य-विहीनको समरमा सामर्थ्य होला कुन ?
(१०)

बाँचेको ठहरिन बेतहरुले बस्ता हमेशा नुही
हुन् ती जीवित तीरवृक्ष बरु जो निर्मूल हुन्छन् लड़ी।
ज्यूँदै मर्नु र दैन्यसाथ अथवा सांच्चै मरी बाँच्नुमा
दोस्रोचाहिं अभीष्ट हुन्छ सबको वीरत्वको लोकमा ॥
(११)

ब्रह्मादेखि लिएर मृत्युवशमा पर्दै नपर्ने छ को ?
मर्नैपर्दछ चार पांच दिनको ढीलो र चाँडो न हो ।
आएमा बरु मृत्य-सन्मुख भई हाँसेर नै स्वागत
मर्नेका इतिहासमा अमरता देखिन्छ है निश्चित ॥
(१२)

शूराकै तरबारमा चकचके ती राज्यलक्ष्मी पनि
गर्छिन् वास निरन्तर स्थिर भई हो यो विजेता भनी ।
आएमा यदि कत्ति शक्ति नभए संन्यासलाई लिई
बस्नाले बरु वेश हुन्छ गिरिको कालो गुफामा गई ॥
(१३)

आजैको मितिदेखि सत्र दिनमा सेना लिई साथमा
सारा शस्त्र भिरेर सज्जित भई श्रीमित्रका सामुमा,
हर्षेसाथ हुनेछु हाजिर भनी गर्छ प्रतिज्ञा पनि
पाल्पाली हतियारको चमकमा भाग्नेछ भोटे अनि ॥
(१४)

प्रायः औषधिको स्वभाव पहिले देखिन्छ टर्रो हुने
ती हुन्छन् परिणाममा तर बडा कल्याणलाई दिने ।
त्यस्तै हार्दिक मित्रको वचन हो भन्ने गुनी चित्तले
माफी निश्चय पाउँला हरफको उचाइ नीचाइले ॥
(१५)

शब्दार्थ
<references/>