भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भुइँ टेकेर बाँच्नेहरू - ६ / रेमिका थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:37, 2 दिसम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

हरर... बास्ना आउँछ
तिनीहरू हिँड्दा
कस्तो- कस्तो बास्ना !
साबुनको, पाउडरको, अत्तरको
मेरी आम्मै....
ह्वासह्वासती आउँछ बास्ना
शैम्पूको !
के-केको बास्ना बोकेर हिँड्छन् हौ
मान्छेहरू !

हामी भने हरियै गह्नाउन मात्र जानेका
कस्तो नी झार-जङ्गलको पाखै,
जोतेको खेतको नाङ्गो हिलो,
आकाशले शुरूदेखि साधिल्याएको बतास।
लौ हेर्नु नी
इतिहासको आदिम वीर्यको गन्ध
कस्तो स्याँट्ठै गह्नाउँछौँ हामी
माटोको गन्ध !