भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आमा- २ / रेमिका थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:40, 2 दिसम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

म त साहूको ऋण तिर्न हिँडेको !

पूर्खाले लाई-खाई राखेको भनिएको
पुस्तैनी ऋण !

साथीहरू सबै मरिसके
जसलाई अक्षर थाहा हुन सक्थ्यो।
गवाहीहरू सबै सके
जसलाई त्यसको गणित थाहा हुन सक्थ्यो।

तर त्यसको हैकम भने कस्तो छ नी !
हररात त्यो लदुवा गधामाथि
बसेर आउँछ
र मेरो झिटिझ्याम्टा सिरिखुरी पार्छ
मेरो केटाकेटी बिल्लिबाठ पार्छ
त्यो अजङ्गको अनुहार
अँगूठाछाप ऋण
मेरो आँखाको सपनालाई हररात वध गर्न
आउँछ।

गाँसैपछि सोध्न आउँछ
तेरो पोल्टोमा के छ हँ ?

पटुकामा रहेजति आयु भिरेको छु
आज त्यो निरक्षर ऋण तिर्न हिँडेको म
घरको लालपूर्जा खोज्न हिँडेको म !