भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँचिरहेछु वा मरिरहेछु / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:17, 6 मई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बाँचिरहेछु वा मरिरहेछु
जीवन हो यो, वा म मृत्यु भोग्दैछु?

बत्तीलाई आँखाले सोधेँ, बोलेन केही पनि
रातलाई सुस्केराले सोधेँ, बोलेन केही पनि
बतासलाई उभिएर सोधेँ, बोलेन केही पनि
समयलाई आभासले सोधेँ बोलेन केही पनि

सोचिरहेछु एक्लै एकनास
जीवन हो यो, वा म मृत्यु भोग्दैछु?

छातीलाई अँगालेर सोधेँ, रोइरह्यो त्यो पनि
प्रेमलाई ब्यूँझाएर सोधेँ, रोइरह्यो त्यो पनि
आँखालाई चुपचाप सोधेँ, रोइरह्यो त्यो पनि
आँशुलाई फकाएर सोधेँ, रोइरह्यो त्यो पनि

खोजिरहेछु जवाफ एक्लै
बाँचिरहेछु वा, म मरिरहेछु?