भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
यहाँ बाँच्ने हर / गोपाल योञ्जन
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:02, 5 सितम्बर 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
यहाँ बाँच्ने हर जीवनलाई आफ्नो आफ्नो स्वार्थ प्यारो छ
यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ
बादलले हात फैलाई, आकाशलाई प्यार माग्दछ
तारा अरिसले जल्दछ, बादल रोएर झर्दछ
तारा साक्षीमा राखेर, बादललाई छुन गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ ३
यहाँ बाँच्ने हर….
सागरले जोशमा मातेर, किनार अँगाल्न खोज्दछ
किनार लजाई झन् भाग्दछ, सागरमा हुरी चल्दछ
सागर किनारको भेटलाई, साँच्चै प्यार भन्न गाह्रो छ
यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ
यहाँ बाँच्ने हर….