भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जाँडको झोँक / विमला तुम्खेवा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:56, 25 नवम्बर 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमला तुम्खेवा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सबै सम्झिँदा झोँक मात्र चलेर आउँछ
र,
मैले खाएँ आज रक्सी।
घर मैले सम्हाल्नुपर्ने
यो घुमाउरो डाडाँभन्दा ठूलो पिर बोकेर
रातदिन मै जोतिनुपर्ने
मै दबिनुपर्ने
तिम्रो स्वर चाहिँ सधैं चर्को हुने।
घरमा
तिमी पनि छौ भन्नु मात्र हो
तर,
भएभरको समस्यासँग मै मात्र जुध्नुपर्ने
दुःख सुखसँगै काटौंला
एकबारको जुनीमा सँगै हाँसौला भनेर पो तिमीसँग आएको हो।
बिहे भएको यत्रो सालमा
न मायाले बोलाएको कुनै दिन था’छ
न सँगै हाटबजार गइएको छ
आफ्नो भन्नु दुःख सुखको साथी नै एउटा रक्सी छ।
तिम्रो स्वास्नी हो
तर नोकरभन्दा कम छैन
आज,
यसै यसै खुन उम्लिएर आएको छ
मलाई नबोलाऊ
मलाई नचलाऊ
जाँडको झोँक तिमीमाथि पर्ला र जाला ख्यालख्यालमा चार इन्च।