Last modified on 20 जनवरी 2022, at 11:37

वीरताको चिनो / तुलसी घिमिरे / कुसुम गजमेर

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:37, 20 जनवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

वीरताको चिनो, वीरको सन्तान
शहीदको रगत, लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी

जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफैँ तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफैँ तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ, नयाँ इतिहासको नौलो बिहानी

झरनाजस्तै चोखो रगत मागेर, खोलाको बग्ने उमङ्ग लिएर
पहाडको अटल विश्वास मागेर, हिमाल झैँ निधार सिँगारी दिन्छु
अब तिमीले यहाँ सजाउनु छ, आफ्नै धर्तीमा माटोको सिरानी

गर्भ मै सिक्यो खुकुरी चलाउन, पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने, पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरीसित कलम यो दिन्छु, तिमीलाई मेरो निशानी
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी