भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन, कविता र फर्सीको गट्टा / केदार गुरुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:41, 25 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= केदार गुरुङ |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

प्रत्येक मानिस तथा
व्यक्तिको जीवन वा कविता पनि
घुरानमा उम्रेर बेस्याहार फैलिएको
          - फर्सीका लहराहरूबाट
जताततै रहरलाग्दा मुन्टा, फूल र गट्टाहरूझैँ
सधैं मौलाएर फैलिने, फुल्ने र फल्ने भए त
धनीलाई हेर्ने रमिता र बेला–बखत मुख फेर्ने
          - साधन मात्र भएपनि
गरीबलाई त हरेक छाक टार्ने
सब्जी, मुन्टा र नानीहरूलाई ढाँट्न
कुखुराको फुल जस्तै देखिइने र झुक्किइने
फर्सीको फुलको मीठो र ताजा भाजी
दाल-भात दुवै टार्ने कलिला गट्टाहरू अनि
मान्छेलाई खाजा र गाईलाई खोलेको निम्ति
छिप्पिएको फर्सी कति उपयोगी र महत्वपूर्ण
          - हुन्थ्यो होला ?