भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लाहुरेको रेलिमाई फेसनै राम्रो / मित्रसेन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:36, 28 जनवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

केटी – ए, लाहुरे दाइ !
केटा - के हो, कान्छी !
केटी – लाहुरेको फेसन कसो रे?
केटा – आऽऽऽ त्यस्ता जाबा ।
केटी – बाबै, कस्तो गम्केको, हो !
केटा – ल भनूँ त ?
केटी – ल ल !
केटा – ल मादले दाइ गम्काउनुस् त !

लाहुरेको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकरी भिरेको

कालो कोट सेतो जाँघी गलबन्दीलाई हेरी
मुस्‌मुस् हाँस्छन् चुल्ठो थुती तरुनीलाई हेरी
बसेकी छे कान्छी नानी नयाँ लुगा फेरी
कोर्के आँखा ला’ई हेर्छन् लाहुरे आउँदा खेरी
लाहुरेको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकरी भिरेको

‘छिः है, कस्तो रहेछ भेना केन हो गम्केको’
त्यस्तो सुन्दा फुरुङ्ग भई लाहुरे हेर् ढल्केको
‘लेकिन साली क्या है’ भन्दै चुल्ठो हेर सल्केको
केन भुल्छस् लाहुरे दाइ लुट्न हुन् पल्केको
लाहुरेको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकरी भिरेको

अलिछिन्‌मा नशा लाग्यो खुट्टा भयो बाङ्गे
छत्रे टोपी खोलखाल पारी थाप्ला पारे नाङ्गे
यताउति लर्बराउँदा मूत्‌मा भिज्यो जाँघे
तरुनीले रुपिँया पैसा भित्र लगी टाङ्गे
बल्ल खाइस् !
लाहुरेको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकरी भिरेको