भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गोमा / सिद्धिचरण श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:18, 12 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सिद्धिचरण श्रेष्ठ |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जगको कटु अनुभव फेर्दै
बोल चराको पनि टिप्दै
पुतलीहरूका संग खेल्दै
जाऔँ गोमा, त्यस शैलमहाँ पीर कुनै पनि उठदैन जहाँ ।

योटा सानो छाप्रो होस्
वरिपरि रखको घर होस्
फल होद्, फुल होस् पात झरोस्
जाऔँ गोमा, त्यस देशमहाँ पीर कुनै पनि उठदैन जहाँ ।
 
नगिचै झरना एक बहोस्
झरझर गर्दै भाव भरोस्
शत शत मोती नित्य फुलोस
जाऔँ गोमा, त्यस धाममहाँ पीर कुनै पनि उठदैन जहाँ ।
 
रुनु-रुनु जगको चिरप्रथा
हो मेरो पनि यो छ व्यथा
रच्छु यसैको करुण-कथा
नजली जाऔँ त्यस देशमहाँ, गोमा, केवल आनन्द त्यहाँ ।

ढुङ्गा, खोला, कुन, बगर
रवि, शशि, तारा, मेघ-दगुर
मथि-मथि मनमा पहर-पहर
पार्छु म गोमा, मदिरा कविता, पीर कुनै पनि उठदैन त्यता ।

बसन्त आई हाम्रो मुख
ठान्नेछ सँधै पहिलो रुख
फूल फुलाई हँसिलो सुख
जाऔँ गोमा, त्यस देशमहाँ पीर कुनै पनि उठदैन जहाँ ।
 
.........................................
शारदा, ४|६-७, भाद्र-आश्विन १९९५