भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रश्नः दिउँसो सुतेर उठ्दा / गोमा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:41, 12 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोमा |अनुवादक= |संग्रह=हिमालचुली /...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बिम्झें फेरि अनेक भूलहरुको आगार यो देहमा
आयो चेतनता अहो जलि जली बस्नू छ मैले यहाँ
मीठो नींद उडेर वास्तविकता कालो कडा रङ् चढ्यो
ऐय्‌या यो मुटुभित्र तीक्ष्ण सुइ ली चिन्तापरीले डस्यो।

के हो जीवन ? फेरि तुल्बुल यहाँ फोकासरी भो किन ?
के हूँ? जान्छ कहाँ ? कसो पछि हुने ? वेदान्त क्यै जान्दिन ।
खाली जान्दछु उठ्छ पीर मनमा सोला कुनै भित्र छ
कुन्नी कुन दिनको कठोर बिपना आई ममा घुर्दछ ।

हाँसो क्षण्‌भरको म बेच्छु दिनहूँ कयौं यहाँ गाहक
बिक्छन् खूब प्रशस्त किन्तु किन हो हाँसो ममा शून्य छ
मेरो जीवनको विचित्र गति भो अज्ञान संगी बनी
थाहा केहि भए बताउ कविजी, कस्तो म हूँ कामिनी ?

त्याँ रुख्‌मा बसि चील त्यो कुन कुरा सम्झी रहेको भन
त्यस्‌को जीवनमा पनी छ कि कहीं मेरै सरीको मन ?
मैदान् विस्तृत व्योमको छ उडने त्यस्‌का पखेटाहरू
यस्तो भैकन ढुक्छ फेरि किन त्यो बूढो मसाने तरु ?

..................................................
शारदा, ४|१२, चैत्र १९९२