भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भोलिको भर / बालकृष्ण सम

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:15, 13 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कस्तो दिन छ आज यो !
भरे अझ कडा प्रश्न, अझ भोलि कडा अझ
पसि, यस्तै भई हाम्रा दिन चिप्लेर आउँछन्,
मुख ढाकी मुकुण्डोले भानु स्वर्भानु बन्दछन् ।
अवश्य एउटा भोलि बित्नेछ बदलीविना
भन्ने आस गयो हुन्छ हर भोलि घनावन ।
नचेती लोकमा हामी भोलिको भर पर्दछौं,
बिसिदिन्छौं हिजोलाई, आजचाहिं सरासर
भोलि भन्छौं; सबै भोलि हिजो बन्दै बिती बिती
जाँदैछन् ; एउटा भोलि डोली प्रलयको लिई
आइहाली त्यहीं हामीलाई भाग्छ कता ! कता !
उही दिन सबै हाम्रो भोलि बन्दछ बेपता ।
भाग्यमानीहरू आज भन्दछन्, भोलि बन्दछन् ।
अभागी जति छन् आज बिग्रन्छन्, भोलि भन्दछन् ।
तथापि मन यो एकोहोरो वञ्चित भोलिको
अनुहार सधै राम्रो भएको स्वप्न देख्तछ;
संसारमा त्यसैले त अङ्क धेरै छ दीनको,
काल पखिरहेका ती कोटि कोटि अधीनको ।

मुटुको व्यथा, ३.३५८, १९८६