Last modified on 15 फ़रवरी 2022, at 21:57

खोलाको दुई किनार भो / उषा शेरचन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:57, 15 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उषा शेरचन |अनुवादक= |संग्रह= }} {{KKCatGeet...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी, हो मेरो जिन्दगी

आफ्नो मुटु आफैले नै कुल्चेर हिँड्नु पर्‍यो
आफ्नो व्यथा आफै भित्र समेटेर रुनु पर्‍यो
कहिल्यै नरित्तिने आँशु भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती

आफ्नो घाउ आफैले नै कोट्याएर सहनुपर्‍यो
आफ्नो पीडा आफैभित्र लुकाएर बाँच्नुपर्‍यो
कहिल्यै नटुङि्गने कथा भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती