भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - १) / इन्दिरा प्रसाई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:58, 16 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पोल्टामा सर्प बोकेर
गालामा लाली
र मायाका चेपारे
सुम्सुम्याएर आफैँले आफूलाई
कुनैकुनै बेला
ब्युँतिन्छु
र डराउँछु
सर्प छामेर
रुन्नँ पनि
चिच्च्याउन्न पनि
र हाँस्न ?
कसरी हाँस्तै छु म !

तिमी छौ
एउटा बिडम्बनाजस्तो
हुनु-नहुनुको दोसाँधजस्तो ।