Last modified on 16 फ़रवरी 2022, at 16:39

तिमी हुनुको (अंश - २०) / इन्दिरा प्रसाई

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:39, 16 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आदतजस्तो भएका हौ कि
अथवा कुनै अर्थ छ तिम्रो ?
खोइ, म ता देख्दिनँ
कसैको कसैसँग
निजी र नितान्त गोप्य तह ।

सबै सतह हुन्
मात्रै बिटुला सतह
माटामा मिसिएको गन्धलाई
केही थोपा पानीले
शून्यमा उडाइदिएजस्तो
तिम्रो-मेरो सम्बन्ध पनि
गन्धमै रमाएको छ ।

म माकुराको सुन्दर जालोजस्तै
मुटुमा बुनिन खोज्छु
तिमी हुरी र चट्याङको भाकामा
बात मार्छौ कङ्कलाशब्द गरेर ।

मेरो सातो गएको छ ।