भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कस्तो हुन्थ्यो यो जुनीमा / माधवप्रसाद घिमिरे
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:58, 17 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे
तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो
भाइको भने घरै छैन कहाँ खेलूँ भैलो
कस्तो हुन्थ्यो- एक घर सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे
पल्लो घरको धुरीबाट धुवाँ आ’को छैन
मैले खाई के सार भयो, भाइले खा’को छैन
कस्तो हुन्थ्यो- एक गाँस सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे
फूल राम्रो गुराँस हो कि फूल राम्रो कपास
भाइको शिरमा टोपी छैन, कहाँ लाउने गुराँस
कस्तो हुन्थ्यो एक धरो सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे