भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
निसान-गीत / सिद्धिचरण श्रेष्ठ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:22, 23 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सिद्धिचरण श्रेष्ठ |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
चिर्दै हावा बढ्दछ सनसन हाम्रो झण्डा दिव्य निसान,
चन्द्र-सूर्ययुत नील-किनारे हाम्रो झण्डा लाल निसान ।
जस्तै आँधी बिचमा आओस् ढल्न दिदैनौं यसको शान,
हामी सारा नेपालीको यौटै बलियो प्यारो ज्यान ।
गोप, किराँत, आर्य, मंगोल सबको पौरख-शक्ति-मुहान,
त्याग, तपस्या-अर्जित हाम्रो युग-युग संचित इज्जत, मान ।
भेष र भाषा, राजा साजा बोकी सबको उच्च कमान
देश-हितैषी, राष्ट्र-तपस्वी साथ लिईकन वीर जवान
सब जातिको फुलबारीमा लागी हरियाली चेतन
हाम्रो एकता-बोट फुलेको, यो हो त्यसकै लाल सुमन ।